काठमाडौँ । सुनको मूल्य लगातार तेस्रो दिन बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको १ लाख ५० हजार ७०० रुपैयाँ कायम भएको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार सुनको मूल्य ३०० रुपैयाँले बढेको हो ।
मंगलबार एक हजार र बुधबार एक सय रुपैयाँले बढेको सुनको भाउ बिहीबार तीन सयले बढेको हो ।
साथै चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ८६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार भने १ हजार ८८० रुपैयाँ पुगेको छ ।