काठमाडौँ । लगातार तीन दिन बढेको सुनको मूल्य नेपाली बजारमा चौथो दिन भने घटेको छ । तर चाँदीको मूल्य भने चार दिनदेखि बढेको छ ।
बिहीबार प्रतितोला रू एक लाख ५० हजार सात सयमा कारोबार भएको सुन शुक्रबार छ सय रुपैयाँले घटेर रू एक लाख ५० हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला रू ६ सय घटेको हो । चाँदीको मूल्य भने प्रतितोला रू १० ले बढेको छ । शुक्रबार नेपाली बजारमा चाँदी प्रतितोला रू एक हजार आठ सय ९० मा कारोबार भइरहेको छ ।