बजारमा बीएलडीसी इन्भर्टर मोटर र पावर स्टिम भएको सेन्सेई फ्रन्ट लोड वाशिङ मेशिन
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २१ शुक्रबार
541
Shares
काठमाडौँ । सेन्सेईले आफ्ना ग्राहकहरूका लागि अत्याधुनिक फ्रन्ट लोड वाशिङ मेसिन नेपाली बजारमा ल्याएको छ । जापानी इन्जिनियरिङद्वारा विकसित यस मेसिनले दक्षता, गुणस्तर र नवीनतम प्रविधिलाई नयाँ स्तरमा पुर्याएको नेपालका लागि आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सको दाबी छ।
सेन्सेई वाशिङ मेशिनले केवल कपडा सफा मात्र होइन, समय र ऊर्जा दुवै बचत गर्न मद्दत गर्ने जनाइएको छ। त्यस्तै सेन्सेईको नयाँ वाशिङ मेसिनले नेपाली ग्राहकहरूको जीवनशैलीलाई सरल, सफा र ऊर्जा-कुशल बनाउन महत्वपूर्ण योगदान गर्ने विश्वास सीजीको छ ।
वाशिङ मेशिन साथै सेन्सेई ब्रान्डका चेस्ट फ्रिज़र, शोकेस, कुलर, टीभी, फ्रिजहरु पनि नेपाली बजारमा सर्वत्र उपलब्ध छ। सेन्सेई को अत्याधुनिक फ्रन्ट लोड वाशिङ मेसिन नेपालभर सीजीको शोरूमबाट खरिद गर्न सकिने छ ।
सीजीका अनुसार यस्ता छन् यसका विशेषताहरू:
• पावर स्टिम कपडाको गहिरो सरसफाइ र कोमल देखिने प्रभावकारी प्रविधि।
• बीएलडीसी इन्भर्टर मोटर: ऊर्जा बचत गर्ने दक्ष मोटर, जसमा १० वर्षको वारेन्टी उपलब्ध।
• स्टेन ट्रीटमेन्ट गहिरो दागसमेत सजिलै हटाउन सक्षम।
• द्रुत धुलाई : केवल १५ मिनेटमै सरसफाइ सम्पन्न गर्ने फिचर।
• ८ किलो क्षमता: ठूलो परिवारका लागि उपयुक्त।