arrow

वाइडबडीमा शाहीले सफाइ पाएको खुशीयालीमा हुम्ला कांग्रेसले जिल्लाभर गर्‍यो दिपावली

logo
जनकबहादुर शाही, 
प्रकाशित २०८१ मंसिर २१ शुक्रबार
congress-humla-81-8-21.jpg

हुम्ला । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको भ्रष्टाचारको आरोपबाट विशेष अदालतबाट तत्कालीन पर्यटन मन्त्री जीवनबहादुर शाहीले सफाइ पाएपछि नेपाली कांग्रेस हुम्लाले खुशीयाली मनाएको छ । 

शाहीलाई लगाएको मुद्धा प्रतिशोध र हचुवा अनि, कसैको आग्रह र पूर्वाग्रहमा भएको थियो भन्ने विशेष अदालतले व्याख्यासहित पुष्टि गरी सफाइ दिएसँगै हुम्ला जिल्लाभर खुशियाली छाएको हो । सोही अवसरमा कांग्रेस हुम्लाले शुक्रबार जिल्लाभर दिपावली गरेको हो ।

न्यायालय कुनै मिथक र कसैको आग्रह तथा दबाब अनि लहैलहैमा भन्दा पनि प्रमाण र तथ्यको आधारमा आफ्नो निष्कर्ष र निणर्य गर्छ भन्नेमा जनतामा थप भरोसा र विश्वास बढेको छ ।

कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री एवं कांग्रेस नेता शाहीलाई बिहीबार विशेष अदालतले सफाइ दिएपछि त्यसैको खुशियाली स्वरुप दिपावली गर्न लागेको कांग्रेस उपसभापति बसन्त रोकायाले बताए । 

जिल्लामा मात्र होइन कांग्रेस हुम्लाको प्रदेश, गाउँ र वडा कार्यसमितिको आयोजनामा शुक्रबार साँझ ५ बजे जिल्लाभर दिपावली गरेको जनाएको छ । 

अदालतले शाहीसहित २१ जनालाई सफाइ दिएको थियो । 

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिका सदस्यसमेत रहेका शाहीलाई वाइडबडी जहाज खरिद कार्यमा भएको अनियमिततामा संलग्न रहेको भन्दै विशेष अदालतमा गत चैत २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको थियो । अख्तियारले शाहीसहित ३२ जनाविरुद्ध मुद्धा दर्ता गरेको थियो । 

विशेष अदालतले सफाइ दिएपछि कर्णाली प्रदेशका सांसदसमेत रहेका शाहीको निलम्बन फुकुवा भएको छ। तत्कालीन मुख्यमन्त्रीको रूपमा हेरिएका शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि उनी निलम्बनमा परेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ