arrow

नाच्दा बेहोश भएकी विद्यार्थीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २२ शनिबार
lamjung-district.png

लमजुङ । लमजुङमा शुक्रबार नृत्य गर्ने क्रममा बेहोस भएकी एक विद्यार्थीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दोर्दी गाउँपालिका वडा नं ८ की १४ वर्षीया बिन्ती तामाङ छन् ।

उनी बेँसीसहर नगरपालिका वडा नं ७ स्थित भूपू सैनिक आवासीय बोर्डिङ स्कुलको कक्षा ८ मा अध्ययनरत थिइन् ।

प्याब्सनको कार्यक्रमका लागि विद्यालयमा नृत्य अभ्यास गर्ने क्रममा उनी अचानक ढलेर बेहोस भएकी थिइन् ।

उनलाई उपचारका लागि लमजुङ जिल्ला अस्पतालमा लगिएको थियो ।

उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक डीएसपी निशान्त श्रीवास्तवका अनुसार उनको मृत्युको कारण खुल्न सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ