स्टक ब्रोकर एसोसिएसनको अध्यक्षमा सागर ढकाल विजयी, यस्तो छ नयाँ कार्यसमिति
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २२ शनिबार
704
Shares
काठमाडौँ। स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल(एसबान)को अध्यक्षमा सागर ढकाल विजयी भएका छन्। उनले प्रतिद्वन्द्वी राजकुमार तिमिल्सिनालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन।
यसअघि सर्वसम्मतिमै एसबानको अध्यक्ष कायम हुने भनिए पनि राजकुमार तिमिल्सिना र ढकालबीच सहमति जुट्न नसक्दा निर्वाचनमा जाने तय भएको थियो।
सोही अनुसार शुक्रवार भएको निर्वाचनमा ढकालले ८८ मतमध्ये ४५ मत ल्याएर जीत हात पारेका हुन्। उनका प्रतिद्वन्द्वी राजकुमार तिमिल्सिनाले ४३ मत प्राप्त गरेका छन्।
एसोसिएसनको उपाध्यक्षमा नितेश अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल र सचिवमा विनय पौडेल निर्वाचित भएका छन्।
यसै गरी कार्यसमितिको सदस्यमा विशाल कुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव र प्रियन्सु अग्रवाल निर्वाचित भएका छन्।