arrow

नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रोबीच सेयर प्रत्याभूति सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २३ आइतबार
cit-lower-erkhuwa-hydropower.jpg

काठमाडौँ। नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ। सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र इर्खुवा हाइड्रोका प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदीले आइतबार हस्ताक्षर गरेका छन्। 

इर्खुवा हाइड्रोले प्रति सेयर एक सय रुपैयाँका दरले २८ लाख ५ हजार ७ सय ५० कित्ता बापतको २८ करोड ५ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो। सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ