देउवामा आफूले बीपी कोइरालाको आत्मा जीवित रहेको अनुभूति गरेको डा शर्माको जिकिर
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २५ मंगलबार
3.6k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा सुनील शर्माले पार्टी सभापति शेरबहादुर देउवाको प्रशंसा गरेका छन् । मंगलबार पत्रकार सम्मेलन गरेर उनले सभापति देउवाको प्रशंसा गरेका हुन् ।
नेता शर्माले कोशी प्रदेशमा भएको भेला र प्रदेश सम्मेलन बहिस्कारको विषयमा जानकारी गराउँदै भने‚ ‘त्यहाँ एक किसिमले शेखर दाइलाई डोमिनेट गरेर निषेध गरेपछि हामीले सशक्त कुरा राख्यौँ । सभापतिज्यूले पछि कांग्रेस लोकतान्त्रिक दल हो विरोध गर्न बोल्न पाइन्छ भन्नुभयो ।’
सभापति देउवाको तारिफ गर्दै उनले देउवामा आफूले बीपी कोइरालाको आत्मा जीवित रहेको अनुभूति गरेको पनि बताए ।
‘बीपी कोइरालासँग काम गरेको शेरबहादुर दाइ हो । बीपी कोइरालाको आत्मा कहीँ न कहीँ शेरबहादुर देउवामा छ । उहाँको वरिपरि कोही मान्छे छन् जो चुनाव पनि जितेकै छैनन् । उनीहरूले बिगारेका हुन्’, सांसद शर्माले भने ।
सो क्रममा उनले शेखर कोइराला र उनको समूहलाई पेलिरहे २०८४ अघि कांग्रेस दुर्घटनामा जाने बताएका छन् ।
गिरिजाप्रसाद कोइराला पार्टी सभापति हुँदा शेरबहादुर देउवालाई पार्टी भित्र सम्मानजनक भाग र ओहोदा दिएको स्मरण गर्दै उनले ४१ प्रतिशत मत ल्याएको शेखर कोइरालालाई कोही हैन भन्ने व्यवहार अन्त्य गर्न चुनौती पनि दिए ।