काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । बुधबार बढेर रहेको मूल्यमै बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको थियो । चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।