arrow

दुर्गा प्रसाईं छुट्न बित्तिकै फेरि परे पक्राउ, अब आपराधिक लाभ सम्बन्धी कसूरमा अनुसन्धान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २७ बिहिबार
durga-prasai.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् । विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसूरमा धरौटी बुझाएर निस्किनासाथ उनलाई अदालत परिसरबाटै प्रहरीले पक्राउ गरेको हो ।

आपराधिक लाभ सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको हुनाले उनलाई फेरि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होविन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार अब आपराधिक लाभ सम्बन्धी मुद्दामा थप अनुसन्धान हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेको घटनामा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजालसले ४० हजार धरौटीमा छाड्न आदेश गरेका थिए ।

जिल्ला अदालतको आदेश अनुसार ४० हजार धरौटी बुझाएर निस्कनासाथ प्रसाईं पक्राउ परेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ