विश्वविद्यालय ‘मेरिटोक्रेसी’ का आधारमा चल्नुपर्छ - प्रचण्ड
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २८ शुक्रबार
427
Shares
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वविद्यालय ‘मेरिटोक्रेसी’ का आधारमा चल्नुपर्ने बताएका छन् ।
उनले प्राज्ञिक क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउनुपर्नेमा जोड दिए । आफू प्रधानमन्त्री हुँदा शैक्षिक सुधारका लागि शिक्षा विधेयकमा सहमति कायम गराएर अगाडि बढाएको स्मरण गर्दै पूर्व प्रधानमन्त्री दाहालले शिक्षा क्षेत्रको सुधारबाटै समाज परिवर्तन गर्न सकिने विश्वास व्यक्त गरे । उनले आफू सरकार बाहिर रहे पनि सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा अघि बढिरहेको बताए ।
तेस्रोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा, विभेदका विरुद्ध र सामाजिक न्यायका पक्षमा, आर्थिक सङ्कटको अन्त्य गर्दै समृद्धिको पक्षमा काम गरेको बताउँँदै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि जोखिम उठाएर लडेको पार्टी र नेताको हैसियतले सङ्घीयता कार्यान्वयनका लागि विभिन्न विधेयक र ऐनहरू बनाउने काममा मेहनत गरेको स्मरण गरे ।