arrow

सहकारी प्रकरणमा हिरासतमा रहेका छविलाल जोशी अस्पताल भर्ना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २८ शुक्रबार
chabilal-joshi-sahakari.jpg

पोखरा । सहकारी ठगी प्रकरणमा कास्की प्रहरी हिरासतमा रहेका पूर्वडीआइजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बिहीबार साँझदेखि गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

स्वास्थ्य जाँचका लागि अस्पताल लगिएकामा चिकित्सकले अस्पताल भर्ना गर्नुपर्ने सुझाव दिएपछि जोशीलाई भर्ना गरिएको हो ।

जोशी असोज ६ देखि कास्की प्रहरी हिरासतमा छन् । उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्दीकरणको कसुरमा अनुसन्धान भइरहेको छ ।

जोशीमाथि पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम, सहारा चितवन, वीरगञ्जको सोनोपाइला, काठमाडौं स्वर्णलक्ष्मी सहकारीकाे रकम अपचलन गरेकाे आराेप छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ