arrow

सुनसरीमा सशस्त्रले नियन्त्रणमा लियो १९० किलो गाँजा, चालक फरार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २ मंगलबार
gaza-apf-81-9-2.jpg

धरान । सुनसरीमा सशस्त्र प्रहरीले १९० किलो गाँजा फेला पारेको छ । १२:३० बजेको समयमा सुनसरीको धरान उपमहानगरपालिका-१३ शिवधारास्थित कोशी लोकमार्गमा प्रहरीले उक्त गाँजा बरामद गरेको हो । 

बेशका बेश प्रमुख सहायक प्रहरी नायब उपरीक्षक देवेन्द् बहादुर सिंहको कमाण्डमा खटिएको ७ जनाको टोलीलाई देखेर भेडेटारबाट धरानतर्फ आउँदै गरेको बा १० च ६८५२ नम्बरको रातो सुजुकी कार चालकले गाडीलाई अकस्मात सडकमै छाडेर चालक फरार भएका थिए । 

सो क्रममा तत्कालै उक्त कारलाई चेकजाँच गर्दा उक्त कारमा प्लाष्टिकमा प्याकिङ्ग गरिएको १९० केजी प्रतिबन्धित लागू औषध गाँजा फेला परेको सशस्त्रले जनाएको छ । 

उक्त गाँजा र सवारी साधनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय धरानमा बुझाउने प्रक्रिया भइरहेको जनाइएको छ । 

साथै सोही कारसँगै आएको को ३५ प २०४५ नं. को डुक मोटरसाइकललाई रोकी यस कार्यालयमा ल्याई सुनसरी बराहक्षेत्र नगनरपालिका ७ बस्ने ३२ वर्षका  कर्णबहादुर पाण्डे र धनकुटा नगरपालिका ९ बस्ने वर्ष २१ का सलमान राईलाई सोधपुछ गर्दा उनीहरु गाँजा तस्करमा संलग्न रहेको पाइएकाले पक्राउ गरिएको सशस्त्रले जनाएको छ । 

साथै किनबेच तथा बाटो स्कर्टिङ्ग गर्ने कार्यमासमेत संलग्न रहेको पाइएको हुँदा उक्त गाँजा,व्यक्ति, मोटरसाइकल र कारलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय धरानमा बुझाउने प्रक्रिया भइरहेको जनाइएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ