arrow

ललितपुर महानगरलाई सबैभन्दा सफा शहर बनाउनेछौँ- प्रमुख महर्जन [भिडियो]

सातदोबाटो र चापागाउँमा फ्लाईओभर र एकान्तकुनामा अन्डर पास बनाउन जरुरी 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २ मंगलबार
chiribabu-maharjan-09-02.jpg

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरपालिकालाई नेपालको सबैभन्दा सफा शहर बनाउन बनाउन चाहेको बताएका छन् । मंगलबार महानगरपालिकाको १०६ औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले प्राकृतिक विपद्को सामना गर्ने सवालमा नेपालकै उत्कृष्ट पालिका हुने गरी काम गरिरहेको बताए । 

उनले ललितपुर महानगरपालिकाको वडा नं २३ र २४ मा पर्ने बाटो निर्माणमा सरकारले चासो नदिँदा लज्जित बनाइरहेको समेत बताए । उनले सङ्घीय सरकारले तत्काल त्यहाँका नागरिकहरूलाई मुआब्जा वितरण गरेर बाटो निर्माणलाई तीव्रता दिन प्रधानमन्त्री समक्ष आग्रह गरे । 

उनले भने, ‘हामी ललितपुर महानगरपालिकालाई नेपालको सबैभन्दा सफा शहर बनाउन चाहन्छौँ । प्राकृतिक विपद्को सामना गर्ने सवालमा हामी सबैभन्दा अब्बल हुन चाहन्छौँ । यसको प्रोसेसमा पनि हामी अगाडि बढिरहेका छौँ । सम्भवतः निकट भविष्यमै हाम्रो यो उद्देश्य प्राप्त हुन्छ होला । तर हामीलाई एउटा कुराले निकै लाज लगाइरहेको छ । त्यो भनेको धापाखेलको बाटो । वडा नं २३ र २४ को त्यो बाटो सङ्घीय सरकारको बाटो र त्यहाँ न किला ठोक्न पाइन्छ न मर्मत गर्न पाइन्छ । त्यहाँ काम भइरहेको छ । दायाँबायाँका घरधनीहरू मुआब्जा पाएको खण्डमा घर छोड्न तयार छौँ भनिरहेको छ । तर नेपाल सरकारले मुआब्जा दिइरहेको छैन । यो अहिले ललितपुर महानगरपालिकाको लागि एकदमै अप्ठ्यारो परिस्थिति छ । सङ्घीय सरकारले त्यहाँका स्थानीयहरुलाई मुआब्जा दिएर त्यो बाटो सुधार गर्न अति वाञ्छनीय छ ।’

उनले महानगरको सातदोबाटो र चापागाउँमा फ्लाईओभर र एकान्तकुनामा अन्डर पास बनाउन जरुरी रहेको समेत बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ