arrow

बस दुर्घटनामा परी ५० जनाको मृत्यु, ७६ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ४ बिहिबार
kabul-accident-24-12-19.jpg

काबुल । अफगानिस्तानमा बस दुर्घटना हुदाँ ५० जनाको मृत्यु भएको छ । दक्षिणपूर्वी अफगानिस्तानमा दुईवटा राजमार्ग दुर्घटनामा परी ५० जनाको मृत्यु भएको हो । 

तालिबान सरकारका प्रवक्ताका अनुसार सो दुर्घटनामा परी थप ७६ जना घाइते भएका छन्, केहीको अवस्था चिन्ताजनक रहेको छ ।

काबुल–कान्दाहार राजमार्गमा बुधबार अबेर राति एउटा यात्रुवाहक बस र तेल ट्याङ्करको एक आपासमा ठक्कर हुदाँ सो दुर्घटना भएको गजनी प्रान्तका गभर्नरका प्रवक्ता हाफिज उमरले बताए।

अर्को दुर्घटना त्यही राजमार्गको फरक क्षेत्रमा थियो, जसले अफगानिस्तानको राजधानीलाई दक्षिणसँग जोड्ने गरेको छ ।

‘घाइतेहरूलाई गज्नीको अस्पतालमा लगिएको छ र अधिकारीहरूले शव परिवारलाई हस्तान्तरण गर्ने प्रक्रियामा छन्,’ ओमारले भने। गम्भीर अवस्थाका बिरामीहरूलाई भने राजधानी काबुलमा उपचारका लागि गरिएको छ । मृत्यु हुनेमा धेरैजसो महिला र बालबालिका रहेका छन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ