arrow

तोलाको पाँच सयले घटेर सुन एक लाख ४८ हजार पाँच सयमा कारोबार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ५ शुक्रबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । सुनको मूल्य घटेको छ । शुक्रबार सुन तोलामा पाँच सय रुपैयाँले घटेर एक लाख ४८ हजार पाँच सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुन प्रतितोला एक लाख ४८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको हो । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ