रहेनन् सर्वोच्चका पूर्व न्यायधीश वस्ती, हृदयघातबाट निधन
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १३ शनिबार
681
Shares
काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । वस्तीलाई हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएको थियो ।
उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । २०६५ भदौ २ गते उनी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए । २०७० चैतमा २९ मा अस्थाथी न्यायाधीशबाटै अवकाश पाएका उनी सम्मानित न्यायाधीशको रुपमा परिचित थिए ।
उनका छोराछोरी अमेरिकामा रहेका कारण नेपाल आएपछि आइतबार मात्र दाहसंस्कार गरिने बताइएको छ ।