राजकुमारीको प्रेममा पागल भूतपूर्व चालकलाई तीन वर्ष प्रतिबन्ध
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १४ आइतबार
1.6k
Shares
लन्डन । बेलायतको वेस्टमिन्स्टर म्याजिस्ट्रेट अदालतले लण्डनका एक व्यक्तिलाई कतारकी राजकुमारीलाई पिछा गरेको र उत्पीडन गरेको अभियोगमा सजाय सुनाएको छ ।
यसरी लन्डन अदालतवाट सजाय पाउनेमा ४७ वर्षीय अबुसलह हुन् । जो यसअघि राजकुमारीको सवारी चालकको रूपमा कार्यरत रहेका थिए । ड्राइभरमाथि अनावश्यक रूपमा राजकुमारीलाई पिछा गरेको आरोप लगाइएको थियो ।
जसलाई इहाद अबुसलहले स्वीकार गरेका छन् तर अदालतमा उनको दाबी यो छ कि राजकुमारी र उनीबीच गहिरो प्रेम सबन्ध रहेको छ । जसका कारण प्रेमका लागि नै उनले राजकुमारीको पिछा गरेका हुन् ।
‘मलाई लाग्छ कि राजकुमारीले पनि मलाई माया गर्छिन् र हामी दुवै रोमान्टिक सम्बन्धमा छौं,’ अदालत सामु बयानमा उनले भने ।
तर अबुसलहका वकिलले अदालतलाई भने कि उनी मानसिक रूपमा बिरामी थिए र यही गलतफहमीका कारण उनले आफ्नी श्रीमतीसँग सम्बन्ध विच्छेद गर्नु परेको थियो ।
भूतपूर्व ड्राइभर इहाद अबुसलहले गत मार्च २०२४ मा राजकुमारीलाई निकै पछ्याउने मात्रै काम गरेनन्, राजकुमारीलाई उपहार र पैसाहरू पनि पठाउन शुरू गरे ।
समाचार अनुसार ती पूर्व ड्राइभरले राजकुमारीको जन्मदिनमा ब्रासलेट र फूलहरू पठाएका थिए र उनलाई बारम्बार फोन गरेर हैरान गर्ने काम गरिरहेका थिए ।
अहिले यो भनिएको छ, भूतपूर्व ड्राइभर अबुसलहलाई राजकुमारीले पनि माया गर्छिन् र उनीहरुबीच रोमान्टिक सम्बन्ध रहेको छ भन्ने उनको गलत धारणा विकास भएको छ । किनकि श्रीमतीसँग सबन्ध विच्छेद गरेपछि उनी थप मानसिक रूपमा विक्षिप्त रहेका छन् ।
राजकुमारीका वकिलले अदालतलाई भने कि अबुसलहको यो गलत हर्कत र कार्यले धेरै समस्यामा पारिरहेको छ। उनी राजकुमारीको निवास वरिपरि देखिने र कर्मचारीमार्फत राजकुमारीलाई उपहार पठाएर हैरान गरिरहेका छन् । जो रोक्ने प्रयास गर्दा पनि ती भूतपूर्व ड्राइभरले मानिरहेका छैनन् ।
जसका कारण राजकुमारीले आफ्नो र आफ्नो परिवारको सुरक्षाको बारेमा निकै चिन्ता गरिररहेकी छिन, मुख्यतयाः उनका भुतपुर्व ड्राइभरबाट हैरान छिन् ।
साथै अबुसलहका वकिलले पनि उनी मानसिक रूपमा बिरामी भएको तर्क गरेका छन्, जसका कारण उनले राजकुमारीसँगको सम्बन्धलाई लिएर गलतफहमी बढेको भन्दै उनले आफ्नी श्रीमतीसँग सम्बन्ध विच्छेदसमेत गरेको अदालतमा जानकारी गराएका थिए । र, बयानका आधारमा अदालतले अबु सलाहलाई दोषी ठहर गरेको हो ।
उनलाई १२ महिनाको सामुदायिक आदेशसँगै ३० दिनको पुनर्वास गतिविधिमा भाग लिन आदेश दिइएको छ । साथै अदालतले कम्तीमा तीन वर्षको प्रतिबन्ध आदेश जारी गरियो, जसमा अबुसलहलाई राजकुमारी र उनको परिवारसँग सम्पर्क गर्न र उनीहरूको घरको वरिपरि घुम्न प्रतिबन्ध लगाइएको छ।