arrow

ड्युटीमा रहेका इन्सपेक्टरमाथि बस बजारिँदा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १७ बुधबार
apf-armed-police-force-logo.jpg

सर्लाही । तीव्रगतिमा रहेको यात्रुवाहक बस बलरा नगरपालिका–९, छतौना बोर्डर आउट पोष्ट (बिओपी)मा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) विजयकुमार तुलाधरमाथि बजारिँदा निजको मृत्यु भएको छ । 

गए राति बागमती प्रदेश०१–००६ख २००४ नम्बरको यात्रीबसले तुलाधरलाई थिचेको थियो । बसले थिचेर गम्भीर घाइते भएका निजको उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदा बाटोमा नै मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिए ।

प्रहरीले घटनास्थलबाट बसचालकसहित तीन जनालाई पक्राउ गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ