-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । बिहीबार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा पाँच सय तथा चाँदी तोलामा २५ रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ५०० रुपैयाँ कायम भएको छ ।
बुधवार १ लाख ५१ हजारमा कारोबार भएको थियो । उता चाँदीको मूल्य तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको छ ।
बुधबार चाँदीको मूल्य १ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो।