arrow

पेट्रोलियम पदार्थ दैलेखमा भेटियो, नमूना परीक्षण सकेपछि व्यवसायिक उत्खनन हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २० शनिबार
dailekh-petroleum-.jpg

काठमाडौँ । नेपालमा पेट्रोलियम पदार्थ पत्ता लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको भैरवी गाउँपालिकामा पेट्रोलियम पदार्थ पत्ता लगाएको जानकारी दिएका हुन् । 

जसको नमूना परीक्षण गरी व्यवसायिक उत्खनन गरिने उनले जानकारी दिएका छन् । ‘दैलेख भैरवी गाउँपालिका–१ स्थित जलजलेमाकुलमा ४ हजार २ मिटर गहिराइसम्म उत्खनन गरी पेट्रोलियम पदार्थको नमूना (स्याम्पल) निकालिएको छ,’ प्रधानमन्त्री ओलीले भने,  ‘अब यसलाई प्रयोगशालामा परीक्षण गरी व्यवसायिक उत्खननको कामलाई अघि बढाइने छ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ