arrow

मान्बुमा आगलागी हुँदा तीन घर जलेर पूर्ण रुपमा नष्ट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २१ आइतबार
fire-final.jpeg
फाइल तस्बिर

गोरखा । गोरखाको आरुघाट गाउँपालिका वडा नं १ मान्बुमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ ।

स्थानीय पूर्णबहादुर लामा, बुद्धिमान लामा र आइतेसिङ लामाको घर जलेर पूर्ण रुपमा नष्ट भएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रप्रसाद सुवेदीका अनुसार शनिबार साँझ ८ बजे खाना बनाउन लाग्दा ग्याँस बाल्ने क्रममा चुलो नजिकै रहेको मकैको खोस्टामा सल्किएर आगलागी भएको हो । पूर्णबहादुरको घरबाट आगो लाग्न शुरु भएको थियो ।

त्यही घरमा लागेको आगो फैलिएर नजिकै रहेको दुई घर जलेको डीएसपी सुवेदीले बताए ।

आगलागी भएपछि स्थानीय र आरुघाट प्रहरीको सहयोगमा दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

घटनाबारे अनुसन्धान भइरहेको र पीडितलाई राहतको व्यवस्था गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ