काठमाडौँ । नेपाली बजारमा सुनको भाउ मंगलबार पनि स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम छ ।
यसअघि आइतबार र सोमबार पनि सुन सोही मूल्यमा सुनको खरिद बिक्री भएको थियो । यता आज चाँदीको भाउ भने बढेको छ । मंगलबार चाँदीको भाउ प्रतितोला २० रुपैयाँले बढेर १८ सय ३० रुपैयाँ कायम भएको छ ।
सोमबार चाँदीको भाउ प्रतितोला १८ सय १० रुपैयाँ कायम रहेको थियो ।