काठमाडौँ। सीजी डिजिटलले आफ्नो ग्राहकहरूलाई प्रभावकारी र सजिलो प्रयोगका लागि निःशुल्क कुकिङ कक्षा प्रदान गर्दै आएको छ। सीजी डिजिटलका स्टोरहरूमा एलजी, सीजी, गोदरेज, मिडिया र ब्ल्याक + डेकरका माइक्रोवेभ ओभन किन्दा कुकिङ सम्बन्धी व्यावसायिक कक्षामा भाग लिन सक्नेछन्।
साथै, यस कक्षाको व्यवस्था काठमाडौँ उपत्यकासहित अन्य जिल्लामा पनि गरिएको छ। जसले नेपालभरिका ग्राहकहरूलाई कुकिङ कक्षामा सहभागी हुनको लागि अवसर प्रदान गर्नेछ। यसले अझ धेरै व्यक्तिहरूलाई माइक्रोवेभ ओभनको प्रभावकारी र सजिलो प्रयोगका बारेमा ज्ञान दिन मद्दत गर्नेछ। सीजी डिजिटलको अनुभवी,प्रशिक्षित,कुशल सेफ बाट यो कक्षा सञ्चालन भइरहेको छ।
अहिले, इटहरी,विराटनगर, दमक, बिर्तामोड,झापा,काकडभित्ता, चन्द्रगढी,धरान उर्लाबारी र लहानमा सी जी डिजिटल लगायत एल जी को डिलरहरूमा यो कुकिङ्ग कक्षा २०८१ पौष २५ गते देखि माघ ११ सम्म चलिरहेको छ।
सीजी डिजिटलका सेफ धन बहादुर बस्नेतले भने, "हामीलाई थाहा छ कि आधुनिक जीवनशैलीमा खाना पकाउने समय र तरिका परिवर्तन हुँदै गइरहेको छ। यस क्रममा, हामी ग्राहकहरूलाई सही उपकरण र प्रविधिको प्रयोगमा सघाउन चाहन्छौँ। यस कुकिङ कक्षाले माइक्रोवेभ ओभनको सही प्रयोग र स्वादिष्ट परिकार बनाउनको लागि आवश्यक टिप्स र ट्रिक्स प्रदान गर्नेछ।"
प्रत्येक ग्राहकलाई निःशुल्क कुकिङ कक्षामा १० देखि १५ जनाको समूहमा प्रशिक्षित गरिनेछ। कक्षामा विशेष गरी माइक्रोवेभ ओभनको माध्यमबाट सजिलो र छिटो परिकार बनाउन सिकाइनेछ भने सुरुमा कक्षामा सिकेर पनि आफूलाई मन परेको ब्रान्ड छानेर खरिद गर्न सकिनेछ।
सीजी डिजिटलले ग्राहकहरूको लागि यस किसिमका नवीनतम सेवा र अफरहरू पुर्याएर ग्राहक सन्तुष्टि र विश्वासका लागि आफ्नो प्रतिबद्धता देखाएको छ। ग्राहकहरूले एलजी, सीजी, गोदरेज, मिडिया र ब्ल्याक + डेकरका माइक्रोवेभ ओभनको विभिन्न मोडलहरूमा आकर्षक छुट र विशेष अफरहरू पनि प्राप्त गर्न सक्नेछन्।
यो निःशुल्क कुकिङ्ग कक्षामा सहभागिता हुन ग्राहकले आफ्नो नाम र ठेगाना सहित ९८०१९०८९४९ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।