arrow

सीजी डिजिटलका एकैपटक पाँच शोरूम उद्घाटन [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २८ आइतबार
cg-digital-81-9-28-(12).jpg

काठमाडौँ । सीजी डिजिटलले आफ्नो सेवा विस्तार गर्दै एकैपटक पाँच शोरूम उद्घाटन गरेको छ ।

सीजीले बिर्तामोड, दमक, वीरगञ्ज, नवलपरासी र काठमाडौँको विशालनगरमा नयाँ शोरूम सञ्चालनमा ल्याएको हो ।

 यी शाखाहरूमा ग्राहकहरूले रेफ्रिजरेटर, वाशिङ मेसिन, एलईडी टीभी, चिम्नी, ग्यास चुल्हो, भान्साका उपकरणहरू लगायतका धेरै प्रकारका इलेक्ट्रोनिक्स उत्पादनहरू पाउन सक्ने सीजीले जनाएको छ ।

जहाँ अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट ब्रान्डहरू जस्तै: एलजी, सीजी, टीसीएल, गोदरेज, बेको, माइडिया, केन्ट, एलिका, सेन्साइ, ब्ल्याक+डेकर, क्रोम्पटन, नोथिङ र एप्पल आईफोन लगायतका उत्पादनहरू उपलब्ध छन् ।

आफ्ना सामानहरुको प्रदर्शन  र सुपथ मूल्यमा बिक्री वितरण तथा अन्तर्राष्ट्रिय स्तरको ग्राहकको सेवा, विशेष जानकारी तथा प्रयोगबारे शिक्षा प्रदान गराउने उद्देश्यसहित शोरुम संचालन गरिएको सीजीले जनाएको छ।

दक्ष अनुभवी सेल्स पर्सनहरुबाट यहाँ भएका विद्दुतीय सामग्रीहरुको पूर्ण जानकारी र यस विशेष अवसरमा ग्राहकहरूले ३० प्रतिशतसम्मको विशेष छुट पाउन सक्ने पनि सीजीले जनाएको छ। तर यो छुट सीमित अवधिका लागि मात्र मान्य हुने पनि कम्पनीले जनाएको छ।

नयाँ शाखाहरूमा फ्रि कुकिङ क्लास र लाइभ डेमोको समेत व्यवस्था गरिएको छ । जसमा सहभागी भई नयाँ तथा रोचक खाना पकाउने कला सिक्न सक्ने पनि सीजीले भनेको छ ।

नेपालकै सबैभन्दा ठूलो मल्टीब्रान्ड इलेक्ट्रोनिक्स शोरूमका रूपमा ग्राहकहरूको आवश्यकता पूरा गर्न उत्कृष्ट सेवाहरू प्रदान गर्दै आएको  छ ।

यसमा फ्री डेलिभरी, फ्रि इन्स्टलेशन, अन स्पट ईएमआई, एक्सचेन्ज अफर र लोयल्टी पइन्टस् जस्ता सुविधाहरू पनि समावेश छन् ।

यी ५ वटा समेत गर्दा सीजी डिजिटलका शाखाहरूको संख्या २७ पुगेको छ ।

cg-digital-81-9-28 (1).jpeg
cg-digital-81-9-28 (2).jpeg
cg-digital-81-9-28 (3).jpeg
cg-digital-81-9-28 (4).jpeg
cg-digital-81-9-28 (5).jpeg
cg-digital-81-9-28 (6).jpeg
cg-digital-81-9-28 (7).jpeg
cg-digital-81-9-28 (8).jpeg
cg-digital-81-9-28 (9).jpeg
cg-digital-81-9-28 (10).jpeg
cg-digital-81-9-28 (11).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ