एनआईसी एसिया बैङ्कले लिलाम बिक्री सम्बन्धी अनलाइन पोर्टल सार्वजनिक
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १ मंगलबार
346
Shares
काठमाडौँ। एनआईसी एसिया बैङ्क लिमिटेडले लिलाम बिक्रीका सम्पत्तिबारे विस्तृत जानकारी उपलब्ध गराउन एक अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। बैङ्किङ सम्पत्ति, गैर-बैङ्किङ सम्पत्ति, र धितो सुरक्षणमा रहेको सम्पत्तिको लिलाम बिक्री सम्बन्धी सूचना सहज र पारदर्शी रूपमा ग्राहकसमक्ष पुर्याउने उद्देश्यले यो पोर्टल सुरु गरिएको हो।
ग्राहकहरूले बैङ्कको लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको बारेमा विस्तृत जानकारी लिन https://auctionassistance.nicasiabank.com/ पोर्टल प्रयोग गर्न सक्नेछन्। यस पोर्टलमा निम्न जानकारी उपलब्ध हुनेछ:
लिलाम बिक्रीका सम्पत्तिको कित्ता नम्बर, क्षेत्रफल, फोटो, र नक्सा।
सम्पत्तिको स्थान पहिचानका लागि गुगल म्याप।
सम्पत्ति खरिदबारे थप जानकारीका लागि म्यासेज पठाउने सुविधा।
साथै, लिलाम बिक्री सम्बन्धी सूचना हेर्न ग्राहकहरूले बैङ्कले प्रदान गरेको क्युआर कोड स्क्यान गर्न सक्नेछन्।
लिलाम बिक्रीमा राखिएका सम्पत्तिबारे थप जानकारी लिन चाहने ग्राहकले आफ्नो नाम, इमेल ठेगाना, मोबाइल नम्बर, र सम्पर्क विवरण म्यासेज बक्समा राखेर सोधपुछ गर्न सक्ने व्यवस्था गरिएको छ।
बैङ्कले पोर्टलमा लिलाम बिक्रीमा रहेका सम्पत्ति र अन्य सूचनाहरू नियमित रूपमा अद्यावधिक गर्ने बताएको छ। इच्छुक ग्राहकहरूले पोर्टलमार्फत सम्पूर्ण विवरण प्राप्त गर्न र आवश्यक फाइदा लिन सक्ने विश्वास बैङ्कले लिएको छ।
यो प्रविधिमैत्री पहलले सम्पत्तिको लिलाम बिक्री प्रक्रियालाई थप पारदर्शी र सरल बनाउने अपेक्षा गरिएको छ।