arrow

प्याव्सन गोरखाको अध्यक्षमा थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २ बुधबार
pabson-gorkha.jpg

गोरखा । निजी तथा आवासीय विद्यालय संघ (प्याव्सन) गोरखाको अध्यक्षमा कमल थापा निर्वाचित भएका छन् ।

संस्थाको १४औँ साधारणसभा तथा सातौँ अधिवेशनले थापालाई पुनः सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

संस्थाको उपाध्यक्षमा राजन बस्नेत, सचिवमा बाबुराम तिवारी र कोषाध्यक्षमा दीपक गुरुङ छन् ।

कार्यसमिति सदस्यमा विनोद अर्याल, पदमप्रसाद दाहाल, प्रकाश केसी, गोमा ढकाल भट्ट, कृष्ण घले, गणेश गुरुङ, प्रदीप शर्मा, विष्णुहरी अर्याल, विकास थापा, योङ्गकुमार श्रेष्ठ, सुनिता सापकोटा र दिक्पाल अधिकारी छन् ।

यस्तै सल्लाहकारमा सीताराम तिवारी र जनक केसी तथा महाधिवेशन प्रतिनिधिमा रुपा भट्टराई चयन भएकी छन् ।

यसैष्री विवेक लुईटेललाई शहीद लखन गाउँपालिका, रमेश वडूलाई पालुङटार र किरण ढकाललाई गोरखा नगरपालिकाको फोकल पर्सन तोकिएको संस्थाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ