arrow

रास्वपा चरित्र

राप्रपाका कार्यकर्ताले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि गरे हातपात, रास्वपा भन्छ - कारबाही गर्छौँं

त्रिपाठी भन्छन् - ‘पोखरामा जाँदाखेरी नै कारबाही गर्छु भनेका थिए, मार्छु भनेका थिए’

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २ बुधबार
rsp-office-rastriya-swatant.jpg
फाइल तस्बिर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको हातपातमा आफ्ना पार्टी सदस्यको संलग्नता भएमा कारबाही गर्ने बताएको छ ।

आज काठमाडौँ जिल्ला अदालत परिसरभित्र सहकारी बचत अपचलन विषयको बहस भएपश्चात अदातलबाट निस्किने क्रममा त्रिपाठीमाथि हातपात भएको थियो । उक्त घटनाप्रति ध्यानार्कषण जनाउँदै रास्वपाले प्रेस विज्ञप्ति जारी गरेको छ ।

रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले राजनीतिक दलको लागि यस किसिमको व्यवहार स्वीकार्य नभएको भन्दै यस विषयमा पार्टीको अनुशासन विभागको ध्यानार्कषण भएको बताएका छन् । 

“यस विषयमा पार्टीको अनुशासन विभागको ध्यानार्कषण भएको छ र सो घटनामा यदि दलको कुनै पनि सदस्यको संलग्नता भेटिएका आवश्यक कारबाही हुने छ”, उनले भने ।

त्रिपाठी भने आफूलाई रास्वपाका कार्यकर्ताले नै आक्रमण गरेको बताएका छन् । उनले भने, ‘पोखरामा जाँदाखेरी नै कारबाही गर्छु भनेका थिए । मार्छु भनेका थिए ।’

रास्वपाले आफ्ना कार्यकर्ताले आक्रमण नगरेको र गरेको भए कारबाही गर्ने बताएको प्रसङ्गमा त्रिपाठीले भने, ‘रास्वपाको कार्यकर्ता नभएको भए किन जान्थ्यो त्यहाँ ? यिनीहरुको सुनियोजित प्लान हो ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ