arrow

जनज्योतिको १२औं क्याम्पस सभा सम्पन्न

logo
प्रिमेश शिवाकोटी, 
प्रकाशित २०८१ माघ ६ आइतबार
janajyoti-campus.jpg

चन्द्रपुर । रौतहटको एकमात्र स्वबियु निर्वाचन हुने जनज्योति बहुमुखी क्याम्पस, चन्द्रनिगाहपुरको १२औं क्याम्पस सभा सम्पन्न भएको छ। 

सभामा प्रमुख अतिथिका रूपमा प्रतिनिधि सभाका सांसद देवप्रसाद तिमल्सिना, विशिष्ट अतिथिमा मधेस प्रदेशका पुर्व मन्त्री युवराज भट्टराई, क्याम्पस प्रमुख राजन श्रेष्ठ, चन्द्रपुरमा विभिन्न वडाका वडाध्यक्ष सहित शिक्षा प्रेमीहरुको उपस्थिति रहेको थियो । 

लगायत  क्याम्पस सञ्चालक समितिका अध्यक्ष संजय कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस उपाध्यक्ष बालकृष्ण श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए। क्याम्पस प्रमुख राजन श्रेष्ठले वार्षिक प्रतिवेदन २०८१ प्रस्तुत गर्दै शैक्षिक, भौतिक, आर्थिक तथा व्यवस्थापकीय प्रगतिको विवरण प्रस्तुत गर्दै क्याम्पसले गुणस्तरीय शिक्षा प्रवाहमा उल्लेखनीय प्रगति गरेको जानकारी दिए ।

क्याम्पसमा स्नातक तहका मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन, र शिक्षाशास्त्र संकायसहित स्नातकोत्तर तहमा समाजशास्त्र र व्यवस्थापन कार्यक्रम सञ्चालन हुँदै आएको छ। अध्ययनलाई प्रभावकारी बनाउन सेमेस्टर प्रणाली र योग्य प्राध्यापकहरूको व्यवस्था गरिएको छ।
भौतिक पूर्वाधारका क्षेत्रमा १८ कोठे व्यवसायिक सटर भवन, सभा हल, कम्पाउण्ड वाल, चमेना गृह, र सौन्दर्यकरणका काम सम्पन्न गरिएको छ। चन्द्रपुर नगरपालिकाको सहयोगमा थप भौतिक सुधार भएको क्याम्पसमा विभिन्न जिल्लाबाट बिद्यार्थीहरु अध्ययन गर्न आउने गरेका छ्न् ।

क्याम्पसले विद्यार्थी शुल्क, विश्वविद्यालय अनुदान, र सटर भाडाबाट आय आर्जन गर्दै आएको छ। क्याम्पस खातामा हाल ३ करोड २० लाख नगद मौज्दात रहेको छ। 

आगामी दिनमा बीबीए, बीएचएम, बीएसडब्ल्यू र बीसीए। जस्ता रोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ।

कार्यक्रममा प्रमुख अतिथि देवप्रसाद तिमल्सिनाले क्याम्पसको प्रगतिको प्रशंसा गर्दै शिक्षा क्षेत्रलाई सुदृढ बनाउन सबै पक्षले सहकार्य गर्नुपर्ने धारणा राखेका थिए ।

कान्तिपुरका उपसम्पादक पत्रकार शिव पुरीले क्याम्पसले स्थानीय स्तरमा गुणस्तरीय शिक्षा प्रवाहमा खेलेको भूमिकाको प्रशंसा गर्दै आर्थिक पारदर्शिता र नेतृत्व क्षमतामा थप सुधार गर्नुपर्ने सुझाव दिए । 

प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री युवराज भट्टराई समिरले क्याम्पसको आगामी योजना पूरा गर्न प्रदेश सरकार र स्थानीय निकायबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, र विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । सभाले क्याम्पसको शिक्षा र भौतिक पूर्वाधारलाई थप सशक्त बनाउन साझा प्रयास गर्ने प्रतिबद्धतासहित समापन गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ