arrow

अन्तरिक्ष स्टेशनमा रहेको चालक दल बाह्य गतिविधिको लागि तयार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ७ सोमबार
international-space-station-iss.jpg

काठमाडौँ । चीनको अन्तरिक्ष स्टेशनमा रहेको शेन्झाउ-१९ चालक दलका सदस्यहरूले आगामी केही दिनभित्रै आफ्नो दोस्रो एक्स्ट्रावेहिक्युलर गतिविधि (इभिए) सञ्चालन गर्ने चीन मानव अन्तरिक्ष एजेन्सी (सीएमएसए) ले आइतबार घोषणा गरेको छ । 

इभिए अन्तरिक्ष यान बाहिर अन्तरिक्षमा अन्तरिक्ष यात्रीले गरेको कुनै पनि गतिविधि हो । सन् २०२४ डिसेम्बर १७ मा आफ्नो पहिलो स्पेसवाक पूरा गरेदेखि चालक दलले अन्तरिक्ष स्टेशन उपकरणहरूको निरीक्षण र मर्मत, आपतकालीन अभ्यास र दोस्रो इभिएको तयारी सहित धेरै कार्यहरू गरेको छ ।

सीएमएसएले चालक दलले अन्तरिक्ष सामग्री विज्ञान, अन्तरिक्ष जीवन विज्ञान र एयरोस्पेस चिकित्सा जस्ता क्षेत्रमा प्रगति गरेको जनाएको छ ।

एजेन्सीले तीन शेन्झाउ-१९ चालक दलका सदस्यहरू स्वस्थ रहेका पुष्टि गरेको छ । हाल स्पेस स्टेसन सहज रूपमा सञ्चालन भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ