arrow

रुखबाट लडेर लामिछानेको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १२ शनिबार
gorkha_district_map.png

गोरखा । गोरखामा रुखबाट लडेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा भीमसेन थापा गाउँपालिका वडा नं ४ का ५५ वर्षीय पोष्टबहादुर लामिछानेको ज्यान गएको प्रहरीले जनाएको छ ।

लामिछाने आफ्नै घर पछाडिको बरको रुखको हाँगा काट्ने क्रममा खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

लामिछानेको शव पोष्टमार्टमका लागि आरुघाट आधारभूत अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ