संसद अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीसँगै शीर्ष नेताहरुले सम्बोधन गर्ने
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १३ आइतबार
2.1k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । संसदको हिउँदे अधिवेशन आगामी शुक्रबार बस्दैछ । माघ १८ गते हुने हिउँदे अधिवेशनको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँगै शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीले हालै जारी गरिएका ५ वटा अध्यादेशलगायत संसदमा सरकारले पेश गर्न लागिएको विधेयकलगायत समसमायिक राजनीतिक विषयमा सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
बैठकको तयारीका लागि सभामुख देवराज घिमिरेले आज सत्तापक्षका प्रमुख सचेतकहरूसँग छलफल गरे । उनले हिउँदे अधिवेशन, विधेयक, सरकारको तयारीलगायत विषयमा सचेतकहरूसँग छलफल गरेका हुन् ।