arrow

रास्वपा सचिवालय बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १४ सोमबार
raswapa-nirnaya.jpg

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै छ । 

बैठक आज बिहान साढे ११ बजेबाट पार्टी कार्यालय वनस्थलीमा बस्नेछ । बैठकमा समसामयिक राजनीति, पार्टीका आन्तरिक गतिविधि, विभाग सञ्चालन नियमावली २०८१ (संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरू प्रस्ताव (सङ्गठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१ माथि छलफल हुनेछ । 

साथै र्‍याट विभाग नियमावली २०८१), सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम (पदाधिकारीको नेतृत्वमा), स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आबद्धता हुने सम्बन्धमा, संसद् अधिवेशन, सल्लाहकार परिषद् र केन्द्रीय सङ्गठन विभागमा मनोनयन लगायतका विषयहरूमा पनि छलफल हुने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ