पोखरा । नेपाली बजारमा आज सुनको भाउ एक सय रुपैयाँ घटेको छ । मूल्य घटेसँगै आज छापावाला सुनको भाउ एक हजार ६० हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुनको भाउ एक लाख ६० हजार छ सय रुपैयाँ रहेको थियो । यता आज असली चाँदीको मूल्य भने ३० रुपैयाँ बढेर एक हजार आठ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बुधबार चाँदीको भाउ एक हजार आठ सय ५५ रुपैयाँ थियो ।