कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली काग्रेसका नगर सभापति मृत अवस्थामा फेला परेका छन् । भीमदत्त नगरपालिका सभापति अच्युत कलौनीको मामा भान्जा चोक नजिक घोप्टो परेको अवस्थामा सडकमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी गणेश चन्द, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशी लगायतको टोली घटनास्थलमा पुगिसकेको र सो घटनाबारे अनुसन्धान शुरु गरिएको छ।