arrow

भारतमा सवारी दुर्घटना हुँदा पाँच नेपालीको मृत्यु, चार घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २० आइतबार
accident-final.jpg

पोखरा । भारतमा जारी महाकुम्भ मेला हेरेर फर्किएका नेपाली सवार भारतीय स्कापिओ गाडी दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै ज्यान गएको भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा तीन महिला र दुई पुरुष छन् ।

जसमा महोत्तरीका अर्चना ठाकुर, ईन्दु देवी, मन्त्रणा देवी, बालकृष्ण झा र गाडीचालक सिराहाका शम्भु ठाकुर छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार घाइते हुनेमा मनोहर ठाकुर, सृष्टि ठाकुर, कामनी झा र देवतारण देवी छन् । उनीहरुको स्थानीय श्रीकृष्ण मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ ।

धनुषाको सीमा नजिकै बीआर ३२ पीए ४६६१ नम्बरको भारतीय गाडी दुर्घटना भएको र सोबारे भारतीय पक्षले धनुषा प्रहरीलाई जानकारी गराएको बताइएको छ ।

प्रहरीका अनुसार गाडी तीव्र गतिमा चलाइएको र मोटरसाइकललाई जोगाउने क्रममा सडक डिभाइडरमा ठोक्किएको हो ।

स्रोतका अनुसार स्कोर्पियो गाडी क्षतिग्रस्त भएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटनाको समयमा गाडीको एयरब्याग नखुलेका कारण क्षति भएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ