arrow

विशाल सिमेन्ट कांग्रेस नेता यादवले किने, बाहिरियो भुषाल ग्रुप

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २२ मंगलबार
pramod-yadav-bishal-cement.jpg

भैरहवा। विशाल सिमेन्ट नेपाली कांग्रेसका नेता एवं व्यवसायी प्रमोद यादवले किनेका छन् । रुपन्देहीको भैरहवा क्षेत्रमा घर बनाउने ब्लक र चारतारे होटल बोधी सञ्चालन गर्दै आएका व्यवसायी यादवले भुषाल ग्रुप स्वामित्वको विशाल सिमेन्ट किनेका हुन् ।

यादव २०७४ सालको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । 

२०७७ सालमा भुषाल ग्रुपले विशाल सिमेन्ट किनेको थियो । अपेक्षाअनुसारको व्यापार गर्न नसकेपछि चार वर्षमै सिमेन्टको सम्पूर्ण स्वामित्व बिक्री गरिएको भुषाल ग्रुपका कार्यकारी निर्देशक अंकित भुषालले मिडियालाई बताएका छन् ।

विशाल ग्रुपले ४ वर्ष अगाडि एक अर्ब रकममा सिमेन्टको स्वामित्व लिएको भए पनि अहिले भने यसको रकम खुलाइएको छैन । 

विशाल सिमेन्ट १४ वर्षअघिदेखि सञ्चालित छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ