arrow

काठमाडौँ पिंक केयरएथन हुने [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २४ बिहिबार
kathmandu-pink-carethan-(6).jpg

काठमाडौँ । महिलाहरूको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले यही मार्च २२ गते ‘काठमाडौँ पिंक केयरएथन’ हुने भएको छ । लेजर पोर्ट नेपालले  यो कार्यक्रम गर्न लागेको हो । काठमाडौँ पिंक केयरएथनमा महिलाहरूको दौड, जुम्बा लगायतका विभिन्न कार्यक्रम आयोजना हुनेछ । 

जुनसुकै उमेर समूहका महिलाहरूले सहभागिता जनाउन सक्ने यो इभेन्टको मुख्य उद्देश्य सधैँ घरायसी काम र दैनिकीमा व्यस्त रहने महिलाहरूलाई आफ्नो स्वास्थ्यको लागि पनि समय निकाल्न प्रेरित गर्नु रहेको आयोजक संस्था लेजर पोर्ट नेपालका अध्यक्ष नमराज जोशीले बताए । 

आयोजकले आज राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार पिंक केयरएथनमा यसपटक पच्चीस सयदेखि तीन हजार महिलाहरू सहभागी हुने अपेक्षा गरिएको छ । 

कलाकार उषा रजकलाई काठमाडौँ पिंक केयरएथनको गुडविल एम्वासडेटर घोषणा गरिएको छ।

यसअघि काठमाडौँ पिंकाथनको नाममा हुने गरेको यो कार्यक्रम यसपटक अझ नेपालीपन झल्किने गरी काठमाडौँ पिंक केयरएथन नाममा आयोजना गर्न लागिएको हो । 

लेजर पोर्टले सन् २०१७ देखि २०१९ सम्म तीन वर्ष काठमाडौँ पिंकाथन आयोजना गरेको थियो । त्यसपछि कोभिड महामारी र अन्य सामाजिक आर्थिक कारणले रोकिएको इभेन्ट यो वर्ष पनि भव्यरुपले पुनरागमन हुने आयोजक संस्थाको दाबी छ ।

kathmandu-pink-carethan (7).jpg
kathmandu-pink-carethan (8).jpg
kathmandu-pink-carethan (9).jpg
kathmandu-pink-carethan (1).jpg
kathmandu-pink-carethan (2).jpg
kathmandu-pink-carethan (3).jpg
kathmandu-pink-carethan (4).jpg
kathmandu-pink-carethan (5).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ