राजनीति भनेको ठीक र बेठीक बीचको निरन्तर द्वन्द्व हो - बाबुराम भट्टराई [भिडियो]
नयाँ वैकल्पिक राजनीतिको निम्ति वैकल्पिक राजनीतिक शक्तिहरूको बीचमा नै विमर्श हुनुपर्छ
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २७ आइतबार
588
Shares
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीति समाजका समस्या समाधान गर्ने साधन भएको बताएका छन् । पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले युगको नयाँ वैकल्पिक राजनीतिको निम्ति वैकल्पिक राजनीतिक शक्तिहरूको बीचमा नै विमर्श हुनुपर्ने बताए ।
उनले बेइमान र ठगहरूको बिगबिगी भएको समाजमा सोझो इमानदार र सरल ढङ्गले अघि बढ्न नसक्ने अवस्था रहेको बताए । उनले राजनीति भनेको ठिक र बेठिकको बीचको निरन्तर द्वन्द्व भएको पनि बताए । आफूहरूले गर्ने राजनीति रूपान्तरणकारी राजनीति भएको बताए ।
अध्यक्ष भट्टराईले भने, ‘अब यो नयाँ युगको नयाँ वैकल्पिक राजनीतिको निम्ति वैकल्पिक राजनीतिक शक्तिहरूको बीचमा नै विमर्श हुनुपर्छ । त्यसको निम्ति एउटा दिशाबोध हुनुपर्छ । कसरी जाने भन्ने । किनभने राजनीति भन्ने बित्तिकै समाजका समस्या समाधान गर्ने साधन हो । बेइमान र ठगहरूको बिगबिगी भएको समाजमा सोझो इमानदार र सरल ढङ्गले जान्छु भन्ने सोच्नुभयो भने तपाईँलाई निराश बनाइहाल्छन् । चार पटिबाट घेरेर बनाउँछन् । राजनीति भनेको ठिक र बेठिकको बीचको निरन्तर द्वन्द्व हो । एउटा सत्तामुखी राजनीति, ढाँट, छल, तिकडम, जालझेल, गरेर जसरी हुन्छ, चुनाव जित्ने, सत्तामा जाने, राज्यको दोहन गर्ने भन्ने छ । त्यो पुरानो राजनीति हो । हामीले भनेको रूपान्तरणकारी राजनीति हो । जसले समाजमा खुसी र समृद्ध बनाउँदै जाने हो । नयाँ युगको नयाँ कार्यभार वैकल्पिक राजनीतिको औचित्य र आधार हुनेछ ।’