arrow

ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार सूचकाङ्क

नेपाल थप भ्रष्ट, डेनमार्क सबैभन्दा कम

दक्षिण सुडान सबैभन्दा बढी भ्रष्ट, दक्षिण एसियाली कुन मुलुक कति स्थानमा ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २९ मंगलबार
tia-report.jpeg

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) को प्रतिवेदनले नेपाल थप भ्रष्ट भएको देखाएको छ।

मंगलबार राजधानीमा आयोजित कार्यक्रममा सो प्रतिवेदन सार्वजनिक भएको हो । 

यसअघि ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपाल ३५ औँ स्थानमा थियो भने थप भ्रष्ट बन्दै ३४ औँ स्थानमा आइपुगेको छ ।

भ्रष्टाचार अवधारणा सूचकाङ्क २०२४ मा नेपालले १०० मा ३४ अङ्क प्राप्त गरेको छ । सो नतिजाले भ्रष्टाचार अझ प्रभावकारी रूपले बढ्दै गएको देखाएको छ ।

१८० देश सम्मिलित यस सूचकाङ्कमा डेनमार्क विगत ७ वर्षदेखि लगातार ९० अङ्क प्राप्त गरी विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको रूपमा रहेको छ । दक्षिण सुडान ८ अङ्क प्राप्त गरी यस वर्ष सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रूपमा अङ्कित भएको छ । 

दक्षिण एसियाली राष्ट्रहरूमध्ये भुटानले ७२ अङ्क, भारतले ३८ अङ्क, मालदिभ्सले ३८, नेपालले ३४, श्रीलङ्काले ३२, पाकिस्तानले २७, बङ्गलादेशले २३ र अफगानिस्तानले १७ अङ्क प्राप्त गरेका छन् । छिमेकी मुलुक चीनले ४३अङ्क प्राप्त गरेको छ ।

सन् २०२४ मा विश्वका दुई तिहाइ देशहरूले १०० मा ५० भन्दा कम अङ्क प्राप्त गरेका छन्। सर्वेक्षण गरिएका १८० मुलुकको औसत अङ्क यस वर्ष पनि ४३ नै कायम रहेको छ । 

कम अङ्क प्राप्त गर्नेमा कमजोर र द्वन्द्व प्रभावित मुलुकहरू रहेका छन् । विश्वव्यापी चासोको विषय रहेको जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय स्तरमा सक्रिय रहेका मुलुकहरूले समेत भ्रष्टाचार अवधारणा सूचकाङ्क सर्वेक्षणमा कम अङ्क प्राप्त गरेको देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ