arrow

प्रादेशिक इन्धन डिपोको डीपीआर अन्तिम चरणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ४ आइतबार
dpr-oil-rupandehi.jpg

काठमाडौँ । रुपन्देहीको रोहिणी खोला किनारमा निर्माण गर्न लागिएको नेपाल आयल निगमको प्रादेशिक इन्धन डिपोको डीपीआर अन्तिम चरणमा पुगेको छ ।  हाल रुपन्देहीको भलवारीस्थित निगमको इन्धन डिपो स्थानान्तरण तथा क्षमता बिस्तार गर्ने योजनाअनुसार आयल निगमले रुपन्देहीको रोहिणी गाउँपालिका र ओमसतिया गाउँपालिकाको सीमा पर्ने रोहिणी खोला किनारमा आधुनिक किसिमको नयाँ इन्धन डिपो निर्माण गर्न लागेको हो ।

 डिपो निर्माणका लागि पहिलो चरणमा खोला किनारमा तार जालीसहितको पर्खाल लगाउने र जग्गा सम्याउने काम सकिएको आयोजनाका इन्जिनियर अङ्कित रिमालले जानकारी दिए । आयोजनाको डीपीआर काठमाडौँ विश्व विद्यालय अन्तर्गतको काठमाडौँ युनिकन्सल्टले गरिरहेको इन्जिनियर रिमालले बताए । आठ महिना भित्रमा डीपीआर तयार गर्ने गरी काठमाडौँ युनिकन्सल्टसँग सम्झौता भएको र डीपीआर तयार गर्ने कार्य अबको एक महिना भित्रै सकिने पनि उनले जानकारी दिए । 

रुपन्देहीको भलवारीमा रहेको डिपोको स्टोरेज क्षमता कम भएको र हाल घना बस्ती बिस्तार समेत भएकोले निगमले रोहिणीमा अत्याधुनिक सुविधासहितको धेरै क्षमताको नयाँ डिपो निर्माण गर्न लागेको हो । करिब ३ अर्ब लागतमा डिपो निर्माण गर्ने अनुमान गरिएको भए पनि डीपीआर तयार भइसकेपछि मात्रै कुल लागत र डिजाइन यकिन हुने आयोजनाले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ