arrow

सशस्त्रका तीन एसएसपीको बढुवा सिफारिस, छुटे पाठक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ९ शुक्रबार
apf-armed-police-force-logo.jpg

काठमाडौँ । सशस्त्र प्रहरी बलका तीन जना वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा सिफारिस भएका छन् ।

बिहीबार गृह मन्त्रालय बढुवा सिफारिस समितिले तीन जनालाई बढुवा सिफारिस गरेको हो। बढुवा सिफारिसमा पर्नेहरूमा कृष्ण ढकाल, दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्ट रहेका छन्। यो बढुवा सिफारिसमा चित्त नबुझे अन्य उम्मेदवारले सात दिनभित्र उजुरी दिन सक्छन् ।

तर, फौजी संगठनमा बढुवा–सरुवामा चित्त दुखाएर उजुरी गर्नेहरू कम हुन्छन् ।

यो बढुवा सिफारिसमा नअटाएका कृष्णराज पाठक हुन्। उनी सबैभन्दा वरिष्ठ एसएसपी थिए । अघिल्लो पटकको बढुवामा समेत उनी छुटेका थिए।

पाठकका ब्याचमेट सुरेश श्रेष्ठ, अन्जनीकुमार पोखरेल, दीपेन्द्र शाह, पुरुषोत्तम थापा र दीपक अधिकारी यसअघि नै बढुवा भइसकेका थिए।

बढुवामा परेकामध्ये कुँवर कांग्रेस सभापति शेरबहादुर देउवाका ज्वाइँ नातामा पर्छन् । कुँवर देउवाका स्वकीय सचिव भानुका बहिनी–ज्वाइँ हुन्। बढुवामा सिफारिस भएका ढकाल पहिलो ब्याचका हुन् भने कुँवर र भट्ट दोस्रो ब्याचका हुन्।

कुँवर यसअघि एसएसपी बढुवा हुँदासमेत पहिलो नम्बरमा परेका थिए। उनले बढुवामा अस्वभाविक छलाङ मारेको आरोप लाग्ने गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ