एलजीले थाल्यो नि:शुल्क एसी सर्भिस र एक्स्चेन्ज क्याम्प
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २० मंगलबार
756
Shares
काठमाडौँ । गर्मी मौसमको तयारीलाई ध्यानमा राख्दै एलजीले ग्राहकहरुलाई विशेष सेवा प्रदान गर्न "फ्रि एसी सर्भिस क्याम्प" सञ्चालनमा ल्याएको छ।
सबै मौसमका लागि एलजी एसी नाराका साथ अघि बढिरहेको अन्तर्रास्ट्रिय ब्राण्ड एलजीले गर्मी बढेसँगै फागुन २० गते मंगलबारदेखि सिमित अवधिको लागि नेपालका सम्पूर्ण एसीका ग्राहकलाई लक्षित गरी "नि:शुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प" योजना ल्याएको जनाएको छ ।
यस योजना अन्तर्गत ग्राहकले कुनै पनि ब्रान्डको एसीमा नि:शुल्क एसी सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो एसी. साट्न चाहेमा उक्त पुरानो एसीमा विगतको भन्दा ५० प्रतिशतसम्मको थप मूल्याङ्कनका साथ एलजीको उच्च गुणस्तरीय एसी सँग साट्न सक्नेछन् ।
ग्राहकले www.cgelex.com/exchange मा गई आफ्नो पुरानो ए.सी. को मूल्याङ्कन आफैँ पनि गर्न सक्ने कम्पनीले जनाएको छ ।
यो सुविधा र सर्भिस लिनको लागि ग्राहकले टोल फ्री नं १६६-००-१००-२११ वा ०१-५९७०२११ मा अथवा एलजीको सामाजिक सन्जाल पेज मार्फत आफ्नो विवरण रजिस्टर गराउनु पर्नेछ।
रजिस्टर पश्चात एलजीका टेक्नीसियन ग्राहकहरुका घरमै गई यो सुविधा प्रदान गर्नेछन्। यस योजनामा थप सुविधा प्रदान गर्दै कम्पनीले एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टस् मा ५० प्रतिशतसम्म छुटका साथै नयाँ एलजीको एसी खरिद गर्दा २०प्रतिशतसम्मको विशेष छुट प्रदान गरिएको कम्पनीले जनाएको छ ।
साथै ग्राहकले नयाँ ए.सी.मा रु.४००० बराबरको फ्री इन्स्टलेशन पनि पाउनेछन् । यसका साथै एक्सचेन्ज योजनामा सहभागी हुने ग्राहकले २ वटा निःशुल्क सेवा कुपन पाउनेछन् । यसको मूल्य रु. ३००० सम्म हुनेछ ।
चौधरी ग्रुप अन्तर्गत सीजी इलेक्ट्रोनिक्स ले एलजीका उत्पादनहरूको आधिकारिक वितरण, बिक्री र ग्राहक सेवा प्रदान गर्छ। नेपालभर विभिन्न सहरहरूमा एलजी का शोरूम र अधिकृत डिलरहरू छन् साथै आफ्ना ग्राहकहरूलाई बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता राखेको छ।