काठमाडौँ। चौधरी ग्रुप अन्तर्गत सेन्साई ब्राण्डले आगामी गर्मी महिनालाई लक्ष्य बनाएर विभिन्न मोडल र क्षमताका नयाँ कुलरहरू नेपाली बजारमा ल्याएको छ। यी कुलरहरूले ग्राहकहरूलाई आफ्नो रोजाइ अनुसारको मूल्यमा उच्च गुणस्तरीय उत्पादन पाउने मौका दिँदै छन्।
यी कुलरहरू विभिन्न मोडमा सीजीले भित्राएको छ। जसमा स्टे कुल स्टे कम्फर्र्टू भन्ने नाराका साथ सेन्साईले डेसर्ट, मिनि डेसर्ट, पर्सनल र टावर कुलरहरू विभिन्न मोडल र क्षमताका साथै नयाँ नयाँ आकर्षक विशेषताहरू सहित बजारमा ल्याएको छ। यी कुलरहरू अब तपाईँहरूले आफ्नै रोजे जस्तो मूल्यमा खोजेको जस्तो कुलरहरु पाउन सक्नु हुनेछ।
विशेषताहरू:
इन्भर्टर कम्प्याटिबल (बत्ती नभएको बेलामा पनि चल्न सकिने)।
हनिकम्ब प्रविधि (अत्यधिक चिसो हावा प्रवाह)।
४-वे सुइङ डिफ्लेक्सन (चारैतिर हावा प्रवाह)।
कास्टर व्हील (सजिलै सार्न सकिने)।
वाटर लेबल इन्डिकेटर (पानीको मात्रा थाहा पाउन सजिलो)।
आइस च्यामबर (अझ धेरै चिसोको लागि)।
क्षमता: ५००० घन मिटर प्रति घण्टा हावा प्रवाह गर्न सक्ने।
सेन्साईले यी कुलरहरूमा १२ महिनाको वारेन्टी प्रदान गरेको छ। यी उत्पादनहरू नेपालभर ईओएल प्राइभेट लिमिटेड मार्फत उपलब्ध छन्। जुन चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्स डिभिजन अन्तर्गत नेपालको एक मात्र आधिकारिक बिक्रेता हो।
सेन्साईले गर्मी महिनामा ग्राहकहरूलाई सस्तो र गुणस्तरीय कुलिङ समाधान प्रदान गर्ने उद्देश्यले यी नयाँ कुलरहरू बजारमा ल्याएको हो। यी कुलरहरूले नेपाली बजारमा सेन्साईको अग्रणी स्थान कायम राख्न मद्दत गर्ने अपेक्षा छ।
यसरी, सेन्साईले आफ्ना नयाँ कुलरहरू मार्फत ग्राहकहरूलाई गर्मीमा पनि आरामदायी वातावरण प्रदान गर्ने प्रतिबद्धता देखाएको छ।