arrow

पाँच ओटै अध्यादेश राष्ट्रिय सभाबाट पनि स्वीकृत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २२ बिहिबार
upper-house-81-11-22w.jpg

काठमाडौं । राष्ट्रिय सभाबाट पनि सरकारले ल्याएका पाँच अध्यादेश स्वीकृत भएका छन् । यसअघि बुधबार प्रतिनिधि सभाबाट स्वीकृत भएका पाँच अध्यादेश बिहीबार राष्ट्रिय सभाबाट स्वीकृत भएका हुन् ।

प्रतिपक्षको विरोधका बाबजुत बुधबार सरकारले पेश गरेका पाँच अध्यादेश संसद्को दुवै सदनबाट स्वीकृत भएका छन् ।

राष्ट्रियसभामा स्वीकृत भएका अध्यादेशमा सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१,  आर्थिक तथा व्यावसायिक सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश-२०८१, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश-२०८१ रहेका छन् ।

योसँगै सरकारले ल्याएका ६ मध्ये ५ अध्यादेश संसदको दुवै सदनबाट स्वीकृत भएका छन् भने भूमिसम्बन्धी अध्यादेशलाई भने सरकारले अहिले होल्डमा राखेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ