arrow

धर्मशाला सञ्चालनबारे पशुपति कोष र काठमाडौँ महानगरबीचको सम्झौता खारेज

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २२ बिहिबार
high-court-patan.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिका बीच धर्मशाला सञ्चालन गर्ने बारेको सम्झौता खारेज भएको छ ।

उच्च अदालत पाटनले सो सम्झौता खारेज गरेपछि गौशाला धर्मशाला सञ्चालनको जिम्मा मारवाडी सेवा समितिले नै पाएको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र हेमन्त रावलको संयुक्त इजलासले धर्मशालाको सञ्चालन मारवाडी सेवा समितिले नै गर्न पाउने फैसला गरेको हो । 

कोषले मारवाडी सेवा समितिसँगको सम्झौता रद्द गरेको थियो । सो विषयमा काठमाडौं जिल्ला अदालतमा मुद्दासमेत चलेको थियो ।

काठमाडौँ जिल्ला अदालतले कोषको पक्षमा फैसला गरेसँगै महानगरसँग अर्को सम्झौता गरिएको थियो । 

माथिल्लो अदालतमा पुनरावेदन जाने समय बाँकी छदै कोष र महानगरबीच सम्झौता भएको भन्दै मारवाडी सेवा समितिले आपत्ति जनाउँदै आएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ