arrow

टीसीएल नेपालले थाल्यो नि:शुल्क एसी सर्भिस र एक्स्चेन्ज क्याम्प, विशेष सुविधा सहितको अभियान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २३ शुक्रबार
tcl-nepal-81-11-23.jpg

काठमाडौँ । गर्मीको मौसम आगमनलाई ध्यानमा राख्दै टीसीएल नेपालले ग्राहकहरूलाई नि:शुल्क एसी सर्भिस, एक्स्चेन्ज र आकर्षक छुटको सुविधा समेटेको विशेष अभियान सुरु गरेको छ। 

यो अभियान फागुन २० गतेदेखि सीमित अवधिको लागि सञ्चालन हुने चौधरी ग्रुपले जनाएको छ ।

टीसीएल नेपालले ग्राहकहरूलाई गुणस्तरीय उत्पादन र सेवा पुर्याउन सदैव अग्रसर रहेको जनाउँदै यस अभियानमार्फत कम्पनीले ग्राहकहरूलाई गर्मीको तयारीको साथै सहज र सुलभ सेवा पुर्याउने विश्वास व्यक्त गरेको छ।

कम्पनीका अनुसार यस्ता छन्  योजनाका प्रमुख सेवा र सुविधाहरू-
१ नि:शुल्क एसी सर्भिस: कुनै पनि ब्रान्डको एसीको नि:शुल्क जाँच र सर्भिसिङ (सेवा शुल्क रहित*)।
२ एक्स्चेन्ज सुविधा: पुरानो एसी साट्दा विगतभन्दा ५०% सम्म बढी मूल्याङ्कन। साथै, नयाँ टीसीएल एसी खरिद गर्दा २०% सम्मको ग्रान्ड छुट।
३ नि:शुल्क इन्स्टलेशन: नयाँ एसीमा रु. ४,००० बराबरको नि:शुल्क स्थापना सेवा।
४ दुई वटा नि:शुल्क सेवा कुपन: मूल्य रु. ३,००० सम्मको सेवा कुपन (एक्स्चेन्ज गर्ने ग्राहकहरूका लागि)।

रजिस्ट्रेशन प्रक्रिया:
ग्राहकहरूले यस अभियानमा सहभागी हुन टोल-फ्री नं. १६६-००-१००-२११, १६६-००-१०२-२११ वा ०१-५९७०२११ मा सम्पर्क गर्न वा आधिकारिक वेबसाइट https://cgelex.com/ मा गई आफ्नो पुरानो एसीको मूल्य आँकलन गर्न सक्नेछन्। रजिस्ट्रेशनपछि टीसीएलको टेक्निसियनले ग्राहकको घरमै पुगी सेवा प्रदान गर्नेछन्।
अतिरिक्त लाभ:
एसी मर्मत गर्दा स्पेयर पार्ट्समा ५० % सम्म छुट।

सूचना र सर्तहरू:
सेवा सुविधा कम्पनीका नियम र शर्तहरूमा आधारित छ। अभियान सीमित अवधिको लागि मात्र लागू हुनेछ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ