arrow

सुन तोलामा पाँच सय र चाँदी तोलामा १५ रुपैयाँले घट्यो 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २७ मंगलबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन प्रतितोला रु पाँच सय र चाँदी प्रतितोला रु १५ ले घटेको हो ।

सोमबार प्रतितोला रू एक लाख ७० हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख ६९ हजार नौ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

त्यसैगरी आज एक तोला चाँदी रु एक हजार नौ सय ७० मा किनबेच हुनेछ ।

अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन दुई हजार आठ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ