काठमाडौँ। सीजी चौधरी ग्रुप अन्तर्गत रहेको बेको ब्रान्डले निःशुल्क एसी सेवा शिविर २०२५ को आयोजना गरेको छ। यो शिविरमा ग्राहकहरूले आफ्नो कुनै पनि ब्रान्डको एसीको निःशुल्क जाँच र मर्मत गराउन सक्नेछन्। जसमा कुनै पनि ब्रान्डको एसीको निःशुल्क जाँच र मर्मत सकिने छ र पुरानो एसी साट्न चाहने ग्राहकहरूलाई ५०% सम्मको अतिरिक्त मूल्याङ्कन वा नयाँ बेको एसी सँग साट्ने सुविधा दिने कम्पनीले जनाएको छ।
यस विशेष सेवाको अर्को आकर्षक पक्ष भनेको नयाँ एसी खरिदमा २०% सम्मको छुट, एसीको स्पेयर पार्ट्समा ५०% सम्मको छुट र एसी एक्सचेन्ज गर्दा रु. ३,००० मूल्यका २ वटा निःशुल्क सेवा कुपन प्राप्त गर्न सकिनेछ। ग्राहकहरूले निम्न १६६-००-१०२-२११ वा ०१-५९७०१२२ नम्बरहरूमा फोन गरेर वा इमेल [email protected] मार्फत तथा www.cgxelec.com/exchange वेबसाइटबाट सेवा शिविरमा दर्ता गर्न सकिने छ।
बेकोले ग्राहकहरूलाई उच्च गुणस्तरीय सेवा प्रदान गर्ने र उनीहरूको सन्तुष्टि सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ। यो सेवा शिविरले ग्राहकहरूलाई सस्तो र गुणस्तरीय एसी सेवा प्रदान गर्ने मार्ग प्रशस्त गरेको छ।
यसरी, बेको ब्रान्डले आफ्ना ग्राहकहरूलाई गर्मी महिनामा पनि आरामदायी वातावरण प्रदान गर्ने प्रयास गरिरहेको छ।