arrow

प्रचण्डको तस्बिर जलाउने राप्रपाको युवा संगठनका नेता बम पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३ आइतबार
rpp-leader-prachanda-photo.jpg

काठमाडौँ । मकवानपुरको हेटौँडामा शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता निराजन बमलाई प्रहरीले पक्राउ गरेको छ । 

बमले शनिबार हेटौँडामा आयोजित राप्रपाको कार्यक्रममा प्रचण्डको फोटो जलाएका थिए । बमलाई प्रहरीले चितवनबाट पक्राउ गरेको हो । उनले गणतन्त्र मुर्दावाद भने नारा लगाउँदै प्रचण्डको तस्बिरमा आगो लगाएका थिए ।

सो कार्यक्रममा राप्रपा केन्द्रीय नेता तथा सांसद दीपकबहादुर सिंहसमेत सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ